१. प्राथमिकताका आधारमा पहाडी बाली (कोदो, जौ, फापर, उवा, कागुनो, चिनो तथा लट्टे) सम्बन्धी अनुसन्धान तथा प्रविधि विकास र प्रवर्द्धन।
२. राष्ट्रिय स्तरमा पहाडी बाली सम्बन्धी मार्गचित्र, अनुसन्धान तथा दिशानिर्देशन।
३. आफ्नो कार्यक्षेत्र (प्रभाव क्षेत्रमा) पर्ने स्थानीय/स्थानीय पहाडी बालीको संरक्षण, संवर्द्धन र प्रयोग।
४. पहाडी बाली सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक सहयोग।
५. विभिन्न जातका पहाडी बालीको स्रोत बीउ उत्पादन र वितरण।
६. पहाडी बाली सम्बन्धी जनशक्तिहरूको क्षमता अभिवृद्धि।
७. परिवर्तित सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहकार्य।