पहाडी बाली अनुसन्धान कार्यक्रम, बैतेश्वोर-४, काब्रे, दोलखाको २०८२/८३ बार्षिक कार्यक्रम अन्तर्गत प्रबिधि विस्तार को लागी रैथाने बालीहरुको खाद्य प्रशोधन सम्बन्धि दुई दिने स्थलगत तालिम २०८३ साल बैशाख ३० र ३१, ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा न. ४, रुम्जाटारमा सम्पन भयो । सो तालिम को उद्घाटन सिद्धिचरण न. पा, वडा न. ४ का वडा अधक्ष्य श्री रतन बहादुर गुरुङ बाट भएको थियो भने सभापतित्वो पहाडी बाली अनुसन्धान कार्यक्रमका संयोजक डा. सुशिल राज सुबेदीले गरेका थिए र बिषेश अतिथिको रुपमा राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, खुमलटार का प्रमुख डा. रोमन कार्की थिए ।
तालिममा कुल २५ जना सहभागी थिए जसमध्ये ११ पुरुष र १४ महिला रहेका थिए, सहभागीमा बेकरी संचालक, बाल दिवा खाजा कार्यक्रमका बिद्यालय शिक्षक, जिल्ला अस्पतालका पोषण सहायक लगायत कृषक र ब्यापारीहरु थिए । दुई दिने तालिमको उद्घाटन सत्रमा रैथाने गायक तथा राष्ट्रिय कलाकार श्री कल्याण राई ले रैथाने बालीको गीत गाएर सबैलाई मन्त्र मुग्ध बनाउनु भयो ।
तालिमको दौरान सहभागी हरुले कोदो, फापर को करिब १० प्रकारका खाद्य बस्तुहरुको परिकार बनाइएको थियो जसमध्ये कोदो र फापरको केक र कुकिज लाई सबैले अत्यधिक मन पराए । सो दुई दिने तालिमको प्रयोगात्मक सीप राष्ट्रिय खाद्य अनुसन्धानका प्राबिधिक श्री कबिर महर्जनले सिकाएका थिए ।
सो तालिमको समापन समारोहमा सहभागीहरुलाई प्रशिक्षक द्वारा शुभकामना दिदै प्रमाण पत्र वितरण गरियो र सहभागीहरुले तालिमको समयमा बनाएका बिभिन्न परिकारहरु बिस्कुट, कुकिज, चाउमिन, पाउरोटी र केक लगायतका बस्तु प्रदर्शन गरि समापन गरियो ।


